नेकपा माओवादी केन्द्रको काठमाण्डौंको कमलादी स्थीत प्रज्ञाभवनमा भै रहेको आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
उनको यो प्रतिवेदनमा सुझाव दिन एउटा समुहबाट एक जनाको लागि १५ मिनेटको समय छुट्याइएको छ ।
नेकपा माओवादीको ८ औं महाधिवेशनमा अध्यक्ष प्रचण्डले सोमबार आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदन माथि छलफल गर्न माओवादीले विभिन्न प्रदेशगत र क्लस्टर मिलाएर २५ वटा समुह बनाएको छ ।