logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जन्ती बोकेको जिप दुर्घटना : पाँच जनाको मृत्यु, दुई जना घाइते


अंकुरण खबर
468
Shares

रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए ।

‘मंगलबार ४:१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । उक्त जिपमा सात जना सवार रहेका थिए । एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।