logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा दुई दिनका लागि जारी गरेको निषेधाज्ञा हट्यो


अंकुरण खबर
1.261K
Shares

जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व-पश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डमा दुई दिनका लागि जारी गरेको निषेधाज्ञा मंगलबार साँझबाट हटाएको छ ।

मंगलबार अपराह्न एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा हटाएको जनाएको हो ।

सिरहाका ६ राजनीतिक दलसहितको सर्वदलीय बैठकले पक्राउ परेकाहरुलाई रिहाइ र निषेधाज्ञा फिर्ता लिई शान्तिपूर्ण रुपमा निकास खोज्न आग्रह गरेपछि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

निषेधाज्ञा हटाइएको छ भने पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई रिहाइ गरिएको छ । यसअघि मंगलबार नै जिल्लामा क्रियाशिल कांग्रेस, एमाले, नेकपा एस, लोसपा, जसपा, माओवादी केन्द्रले आजै एक संयुक्त विज्ञप्ति जारी गर्दै शन्तिपूर्ण रुपमा निकास खोजी गर्न माग गरेका थिए ।

उनीहरुले पक्राउ परेकालाई छाड्न र आन्दोलनको माग फिर्ता लिन आग्रह गरेका थिए ।