logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्लाहीकाे ईश्वरपुरमा आज साँझसम्म निषेधाज्ञा कायमै


अंकुरण खबर
468
Shares

सर्लाहीकाे ईश्वरपुर नगरपालिका क्षेत्रमा मंगलबारदेखि जारी निषेधाज्ञा आज पनि कायमै छ ।

गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनी भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मंगलबार अपरान्ह ३ बजेदेखि जारी गरेकाे निषेधाज्ञा बुधबार साँझ ७ बजेसम्म कायम रहने छ ।

निषेधित क्षेत्रमा भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने प्रशासनले चेतावनी दिएकाे छ ।

‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आदेश उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ ।’

निषेधाज्ञा जारी रहने क्षेत्र 

ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पुर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म ।

ईलाका प्रहरी कार्यालय, केशरगंज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म ।