सरकारले प्राथमिक तहका १३ हजारभन्दा बढी शिक्षकका लागि विज्ञापन आह्वान गरेको छ ।
शिक्षक सेवा आयोगले बुधबार सूचना प्रकाशित गरी १३ हजार ९३ शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्राथमिक तह तृतीय श्रेणी शिक्षकका लागि खुला प्रतियोगात्मक परीक्षा लिइने भएको छ ।
आयोगले विभिन्न क्लस्टर छुट्याएर दरखास्त माग गरेको छ । यसमा खुलासँगै महिला, दलित, आदिवासी, मधेशी, मुस्लिम, पिछडिएको क्षेत्रका लागि छुट्टाछुट्टै दरखास्त दिन सकिनेछ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।
यसअघि आयोगले माध्यमिक तहको एक हजार पाँच सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार पाँच सय ९८ पदका लागि विज्ञापन गरिसकेको छ ।