logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा हिजोभन्दा आज ४४ प्रतिशत बढे कोरोना संक्रमित, ओमिक्रोनबाट संक्रमितको संख्या बढ्दो


अंकुरण खबर
1.066K
Shares

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमतिको संख्या बढेर ७१८ पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित दिल्लीमा छन् त्यसपछि महाराष्ट्रमा छन्।

दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणको ९ हजार १९५ संक्रमित फेला परेका छन्। मंगलबारको तुलनामा यो संख्या ४४ प्रतिशतले धेरै हो।

एक दिन पहिला भारतमा संक्रमणको ६ हजार ३ सय ५८ केस फेला परेको थियो। भारतमा कोरोना मुक्त हुने दर ९७ दशमलव ४० प्रतिशत रहेको छ जो मार्च २०२० भन्दा धेरै हो।