काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ परेपछि पर्यटकको घुइँचो लागेको छ ।

मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

वर्षासँगै परेको हिउँले चन्द्रागिरि ढाकेको छ । हिउँ परेपछि काठमाडौं उपत्यकाका पर्यटक चन्द्रागिरि पुगेका छन् ।






