logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन्दर बजारमा गोरु जुधाई प्रतियोगिता, रावलको गोरु प्रथम


अंकुरण खबर
1.391K
Shares

लमजुङको सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता भएको छ ।

पुस १५ को अवसरमा जनशक्ति युवा क्लव सुन्दरबजार नगरपालिका-६ र लमजुङ फिजिकल सेन्टरले संयुक्त रुपमा गोरु जुधाई प्रतियोगिता आयोजना भएको हो ।

जनशक्ति युवा क्लबको खेल मैदान सुन्दरबजार ६ खत्रीठाँटीको खेलमैदानमा बिहीबार आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा तनहुँको भानु नगरपालिका-१० दुधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ । सुन्दरबजार नगरपालिका-२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दोस्रो भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरु धनीलाई १५ हजार रुपैयाँ र द्वितीय हुने गोरु धनीलाई १० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजक जनशक्ति युवा क्लबका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

गोरु धनीलाई सुन्दरबजार नगरपालिकाका कार्यपालिका सदस्य भवानी केसी, क्लवका अध्यक्ष चित्रबहादुर केसी र फिजिकल सेन्टरका अध्यक्ष विष्णु बहादुर खड्काले संयुक्त रुपमा पुरस्कार वितरण गरे । लमजुङमै सुन्दरबजारमा पहिलो पटक आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा लमजुङ र तनहुँका १२ वटा गोरुलाई सहभागी गराइएको थियो ।