logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाधिवेशनकै बीचमा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु


अंकुरण खबर
338
Shares

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ ।

आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो ।

समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरुको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो । आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएकाे हाे ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिका प्रश्नको जवाफ दिने भएका छन् । प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुुरु हुने भएको छ ।

स्थायी समिति बैठकमा पदाधिकारीमा सर्वसम्मत् बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।