logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनमत पार्टीका कार्यकर्ताद्वारा ट्रकमा आगजनी


अंकुरण खबर
572
Shares

जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक आइतबार ट्रकमा आगजनी गरेको छ ।

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखी पूर्व-पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना६ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् ।

शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलन कर्मीले जनाएका छन् ।