logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कानुनी सहायताका लागि रकम हस्तान्तरण


अंकुरण खबर
676
Shares

छायानाथ रारा नगरपालिका-३ कि १७ वर्षीया हसिला सेजुवाललाई कानुनी सहायताका लागि रकम हस्तान्तरण गरेको छ ।

२०७८ असार १८ गते दिउँसो घरमा बसिरहेका बेला सोही वडाका उनका पति २२ वर्षीय सुभाष रावलले मार्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा असार ३ गते किटानी जाहेरी दिएकी थिइन् ।

कानुनी प्रक्रियामा अगाडि जान आफूसँग आर्थिक नभएको भन्दै उनले कानुन सहायता केन्द्रमा सहयोगका लागि निवेदन दिएपछि पीडितलाई कानुनी सहायता केन्द्रबाट पाँच हजार आर्थिक सहयोग गरिएको हो ।

पीडितलाई घाँटीमा डोरी कसेर मार्न खोजेका र पीडित मरेको भनी पीडितलाई घरमै छाडेर आरोपित भागेका थिए । पीडितलाई घर छेउमा रहेका छिमेकीले मुर्छित अवस्थामा भेटाई उनका माइतीलाई खबर गरेर सोही दिन प्रहरीलाई घर परिवारलाई खबर गरेका थिए ।

पीडितले असार १९ गते किटानी जाहेरी दिएपछि प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरेको थियो । पीडितको माइती घरको आर्थिक अवस्था कमजोरी भएकोले कानुनी सहायताका लागि इन्सेक जिल्ला प्रतिनिधिमार्फत कानुनी सहायता केन्द्रमा आर्थिक सहयोगका लागि अनुरोध गरेपछि पीडितलाई खान बस्न तथा यातायातका लागि पाँच हजार आर्थिक सहयोग गरिएको छ ।

पीडित हाल भेटनरी जेटिएको अध्ययनका लागि बर्दियामा रहेकाले पीडितका बाबु बिर्ख सेजुवाललाई असार १५ गते पाँच हजारको चेक हस्तान्तरण गरिएको इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले जानकारी दिए ।