logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

११ बजे पछि बन्दसत्र सुरु हुने : माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा


अंकुरण खबर
3.133K
Shares

काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठान भवनमा यही पुस ११ देखि जारी माओवादी केन्द्रको महाधिवेशन  चलि रहेको छ ।

पुस १३ गते सकिने भनिएको भए ता पनि विभिन्न कारणले आज सम्म महाधिवेशन लम्बिएको छ । कमलादी स्थित प्रज्ञा प्रतिष्ठान भवनमा अहिले बसि रहेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले ११ बजे पछि बन्दसत्र सुरु हुने बताएका छन् ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित हुन बाँकी भएकाले महाधिवेशन लम्बिएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अहिले बिहान ११ बजे पछि बन्दसत्र प्रारम्भ हुने र विधान मस्यौदामा उठेका जिज्ञासामा नेता देवप्रसाद गुरुङले जवाफ दिए पछि पारित गर्ने कार्यसूची छ।

माओवादी केन्द्रले १५ पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ। माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा १७ सय प्रतिनिधि सहभागी भएका छन् ।