आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइदै छ ।
यो दिवसलाई २०७० साल देखि मनाउन थालिएको हो ।
यो दवसलाई राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर मनाउदै आएका छन् ।