logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङ्गमा भूकम्प गयो


अंकुरण खबर
624
Shares

आज बिहान १० बजेर १३ मिनेट जाँदा लमजुङ्ग  जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्र बिन्दु बनाएर २.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने भएको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङ्ग जिल्लामा गत जेठ महिनाको ५ गते देखि यता महिनै पिच्छे भूकम्पको धक्का महसुस  हुँदै आएको  छ ।