logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नायिका अदिती बुढाथोकीलाई कोरोना संक्रमण


अंकुरण खबर
1.053K
Shares

पछिल्लो समयमा नेपाली चलचित्रकी चर्चित नायिका अदिती बुढाथोकीलाई कोराना संक्रमण भएको छ ।

कोरोनाभाइरस विरुद्ध पूर्ण मात्रा खोप लगाइसकेको भए पनि आफूलाई भाइरस संक्रमण पुष्टि भएको इन्स्टाग्राम मार्फत उनले बताएकी छिन् ।

अहिले मुम्बइमै रहेकी अदिती कोरोनाको लक्षण देखिए पछि आइसोलेसनमा रहेको  र  आफ्नो सम्पर्कमा भएकाहरुलाई  पनि परीक्षण गराउन अनुरोध गरेकी छिन् ।

नेपाली चलचित्र बाबरी छायांकनका लागि मंसिर दोस्रो साता सिक्किम गएको र छायांकन सकिए पछि केही म्युजिक भिडिओ र विज्ञापन प्रोजेक्टको लागि नायिका अदिती बुढाथोकी मुम्बई  गएकी थिइन ।