नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्यमा प्रतितोलामा ४०० रूपैयाँ घटेको छ ।
गत साताको शुक्रबार प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम थियो भने यो साताको शुक्रबार प्रतितोला ९२ हजार ७०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
गत शुक्रबार तेजाबी सुनको प्रतितोला ९२ हजार ६०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबार ९२ हजार २०० भएको छ । यो सातामा चाँदीको मूल्य स्थिर कायम भएको महासंघले जनाएको छ ।
साताको शुक्रबार प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको छ । यसबीचमा आइतबार स्थिर रहेको चाँदी सोमबार १० रूपैयाँले घटेको थियो ।