नेकपा (माओवादी) केन्द्रको जारी ८ औं महाधिवेशनले विधान अनुमोदन गरेको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा परिमार्जन सहित जारी महाधिवेशनको बन्दसत्रले पारित गरेको छ ।
अनुमोदन गरिएके विधान अनुसार नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटीमा १५ पदाधिकारी सहित २९९ सदस्यीय हुनेछन् ।
पदाधिकारीमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष चयन गरिने छ ।