logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले गर्दै


अंकुरण खबर
1.196K
Shares

अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

उनले नलाएन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन पत्रकारहरुलाई आग्रह गरे ।

वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा आफु सधैं रहेको बताए । स्वतन्त्र पत्रकारितालाई प्रवर्द्धन, सम्वर्द्धन गर्ने सवालमा इन्टरनेट वा कुनै माध्यामको आधारमा सरकारले भेदभाव नगर्ने कुरामा जोड दिदै उनले देशको विकास र समृद्धिका लागि सञ्चार माध्याम सहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु पर्ने पनि बताए ।