नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज ५ बजे सम्मका लागि स्थगित गरिएको छ ।
भएसम्म सहमति खोज्नका लागि अहिले यो बन्द सत्र स्थगति गरिएको र ५ बजेसम्म सहमति नजुटेमा निर्वाचन प्रकृया अगाडि बढ्ने निर्वाचन कमिटिले जनाएको छ ।
महाधिवेशनको बन्द सत्रमा सर्वसम्मतले पार्टीको विधान पारित गरेको थियो र सोही विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ।
यस अघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ। केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने छ भने पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।