८ औं महाधिवेशन बन्द सत्रमा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताएका छन् ।
सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने उनले बताए ।
केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजे सम्मको समय दिइएको र त्यस पछि पनि सहमति नभए निर्वाचन समितिले प्रक्रिया अघि बढाउने प्रचण्डले बताएका छन् ।
माओवादीले पालिका र प्रदेश स्तरमा निर्वाचनको अभ्यास गरेको भन्दै महाधिवेशनमा पनि त्यो अभ्यास गर्न सकिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ छ ।