नेकपा माओवादी केन्द्रको ८ औँ महाविधेशन भैरहदा नयाँ नेतृत्वय चयनका लागि केन्द्रीय निर्वाचन आयोगले मतदाता नामावली सर्वाजनिक गरेको छ ।
मतदाता नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ । विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको थियो ।
हुपदीय अवधारणा अगाडि सारेको नेकपा माओवादीको नेतृत्व चयनको तयारी भै रहेको छ । अहिले सम्म कसैले अध्यक्ष पदमा दावी नगरेकालेअध्यक्षमा प्रचण्ड नै अध्यक्षमा दोहोरिने संकेत देखिएको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना छ भने महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।