logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान


अंकुरण खबर
1.495K
Shares

नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ ।

प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

अपरान्ह ४ बजे सम्म मतदाता उपर दावी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४ : १५ बजेसम्म, ४ : ५० सम्म दाबी बिरोध माथी अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक हुनेछ ।

उम्मेदवार मनोनयनको प्रक्रिया भने आजै साँझ ८ बजे देखी सुरु हुनेछ भने भने राति १०: ३० मा उम्मेदवार मनोनयन पछिको सुची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

राति १०: ३० मा उम्मेदवारी सुची सार्वजनिक गरे लगत्तै आईतवार बिहानवाट उम्मेदवारको बिरोधमा उजुरी दिन समय बिहान ८: ०० देखी ८: ३० सम्म तोकिएको छ । उम्मेदवारको बिरोधमा परेको उजुरीको सुचना ८: ३५ मा निर्वाचन समितिले दिने छ ।

उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८: ४० देखी ९: ०० बजेसम्म गर्ने छन र ९: १० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । जसअनुसार ९: ३० देखी ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ ।

बिहान ११: ४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भए लगत्तै ११: ३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजे सम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।