यही पुस ११ गते देखि काठमाण्डौंमा चलिरहेको नेकपा माओवादी केन्द्रको जारी ८ औं महाधिवेशन अन्तर्गत भरखैरी निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
यसअघि निर्वाचन समितिले १७४२ जना मतदाताको नामावली प्रकाशन गरेको थियो ।
उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्न सक्ने छन् भने उम्मेदवारको विरोधमा भोलि बिहान ८ बजे देखि ८ : ३० सम्म उजुरी दिन सकिने छ।
उम्मेदवारको मनोनय पत्र दर्ता सूची प्रकाशन १० : ३० बजे गरिनेछ भने भोलि बिहान ११ बजे देखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।