नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता र मतदान हुँदैछ ।
शनिबार संशोधन गरिएको निर्वाचन कार्यतालिकाका अनुसार आज दिउँसो २ देखि साढे ३ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।
दिउँसो २ देखि साढे ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको माओवादीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता सूची ३ः४० मा प्रकाशित, दिउँसो ४ बजे उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।
त्यस्तै, ४:४० मा उम्मेदवारको नामावली पुनः प्रकाशन, साढे ५ बजे उम्मेदवारी फिर्ता र ५ः४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आजै ६ः२५ देखि १०ः२५ सम्म नेतृत्व चयनका लागि मतदान हुने निर्वाचन समितिले जाएको छ ।
शनिबार साँझदेखि नै निर्वाचन प्रक्रिया सुरु गर्ने भनिए पनि केन्द्रीय समिति सहमतिका आधारमा बनाउने भन्दै बन्दसत्र स्थगित गरिएको थियो ।
