logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा बैठक बस्दै


अंकुरण खबर
546
Shares

प्रतिनिधि सभा बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची तय गर्न बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएकाले कार्यव्यवस्था परामर्श समितिमा संसद्को अवरोध खुलाउनेबारे पनि छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

आफूले कारबाही गरेका सांसदको पद खारेज गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ ।