logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : तराईमा बाक्लो हुस्सु र कुहिरो, तीन प्रदेशमा हिमपातको सम्भावना


अंकुरण खबर
416
Shares

नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण आज पनि देशभर आंशिक बदली रहनेछ । पश्चिमी तथा मध्य तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, सोमबार पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू-भाग हिमपातको सम्भावनाका साथै बिहान तराईमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट जोगिन मौसमविद्ले अनुरोधसमेत गरेका छन् ।