logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसुवामा नि:शुल्क स्वास्थ्य शिविर


अंकुरण खबर
897
Shares

ग्रामीण भेगका महिलाहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै रसुवामा ग्लोबल आईएमी बैंकले एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नौकुण्ड गाउँपालिका-३ पारच्याङमा बैकले एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

आर्थिक अवस्था कमजोर भई अस्पताको पहुँचबाट टाढा रहेका ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरि बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा एक दिने शिविर सञ्चालन गरेको ग्लोबल आईएमी बैक नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरुले बताए ।

शिविरमा सबैभन्दा बढी आङ खस्ने, महिनावारी बिग्रने तथा अस्थायी तथा स्थायी बन्ध्याकरण परिवार नियोजनका सेवाहरू प्रदान गरिएको थियो । टाढा गई उपचार गर्नुपर्ने अवस्थामा गाँउमै दक्ष चिकित्सकसहित उपचार तथा औषधिसमेत नि:शुल्क पाएकोमा उपचारमा संलग्न महिलाहरूले खुसी प्रकट गरेका छन् ।