logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पसलमा आगलागी हुँदा २० लाखको क्षति


अंकुरण खबर
676
Shares

सिरहाको गोलबजार नगरपालिका–६ स्थित पूजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ ।

पसलमा रहेका रिचार्जकाड, चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको  टिना, गुटखा, चिनी, दालसहित जलेर नष्ट हुँदा २० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पसलका सञ्चालक सुनिता कुमारी साहले बताइन् ।

आगलागीको कारण अझै नखेलेको प्रहरीको भनाइ छ ।