स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा कोभिड १९ का सक्रिय संक्रमितको संख्या १ हजार ४ पुगेको छ ।
उपत्यकाका काठमाण्डौं, भक्तपुर र ललितपुर गरी तीन जिल्ला मध्ये काठमाडौंमा मात्रै कोभिड १९ का सक्रिय संक्रमितको संख्या १ हजार नाघेको हो ।
कोभिड १९ का सक्रिय संक्रमितकव् संऋया भक्तपुर जिल्लामा ४ सय ९७ र ललितपुर जिल्लामा ५ सय ८९ रहेको छ ।
रसुवा, मनाङ, मुस्ताङ, सोलुखुम्बु,, हुम्ला, मुगु र बाजुरामा सक्रिय संक्रमितको संख्या शून्य भएको छ भने बाँके, कैलाली, सुनसरी र कास्कीमा दुईसय भन्दा बढी सक्रिय संक्रमित भटिएका छन् ।
आज सम्म देश भरमा ४ हजार ९सय ७१ जनामा कोभिड १९ का सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।