logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हलेसी मन्दिरमा १८ दिनमा ३ लाख ८१ हजार भेटी संकलन


अंकुरण खबर
1.183K
Shares

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा १८ दिनमा तीन लाख ८१ हजार भेटी संकलन भएको छ ।

किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीबाट गत २३ मंसिरदेखि ११ पुससम्ममा ३ लाख ८१ हजार ५९० रुपैयाँ भेटी आम्दानी भएको हो ।

स्वदेश तथा विदेशबाट आएका दर्शनार्थी एवं पर्यटकबाट हलेसी महादेव मन्दिरभित्रको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ६६५ र मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४७ हजार ९२६ रुपैयाँ भेटी संकलन भएको हो ।

यस अवधिमा हलेसीबाट भएका आम्दानीमध्ये ३ लाख ६२ हजार ८६३ रुपैयाँ खर्च गरेर बाँकी रहेको १८ हजार ७२७ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा रहेको हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिएका छन् ।

संकलन भएको अधिकांश आम्दानीलाई विद्युत्, पिउने पानी, इलाका प्रहरी कार्यालय हलेसीको ना १ झ १३२९ नम्बरको गाडी मर्मत, मन्दिरभित्र रहेको पिलर, गणेश मन्दिर, ट्राफिकचोकमा निर्माण गरिएको मन्दिर प्रवेश द्वार रंगरोगन तथा लेखन, भेटी गणना, अतिथि, खाजा खर्च लगायतमा खर्च गरिएको छ ।

यस अवधिमा दर्शनार्थीले भारु ६ हजार ६० रुपैयाँ र चाँदी २३।६ ग्राम चढाइएको हलेसी सूचना केन्द्रले जनाएको छ । हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ ।