logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यका र तराईमा हुस्सु, दिउँसो आंशिक बदली हुने


अंकुरण खबर
507
Shares

हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन ।

सोमबार बिहान उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ  ।

दिउँसो भने देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस्तै, मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।