logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै


अंकुरण खबर
1.274K
Shares

नेकपा (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज सोमबार बस्ने भएको छ ।

बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादीको आठौँ महाधिवेशनले केन्द्रीय कमिटी घोषणा गरिसकेको छ । अब बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।