logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तीन सयले घट्यो, यस्तो छ आजको बजार भाउ


अंकुरण खबर
1.105K
Shares

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकोमा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।