नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डलाई पुन अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
महाधिवेशन पछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट प्रचण्ड सर्वसम्मत निर्वाचित भएका हुन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राखेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए ।माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटिबाट पार्टी पदाधिकारी चयनको प्रक्रिया सुरु गरिएको छ ।