logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर बजार ३२ अंकले बढ्यो


अंकुरण खबर
1.508K
Shares

नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ । कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

यस दिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् । आज उत्पादन मूलक समूह बाहेकका समूहहरू सकारात्मक भएका छन् ।

सबै भन्दा बढी व्यापार समूह ७ प्रतिशतले वृद्धि हुँदा अन्य समूह ०।१७ प्रतिशतले मात्र वृद्धि भएको नेप्सेले जनाएको छ ।