logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार


अंकुरण खबर
1.209K
Shares

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका चार उम्मेदवारको नाम टुंगो लगाएको छ ।

पार्टीको केन्द्रीय सचिवालयको बैठकले चार उम्मेदवार छनोट गरेको हो ।

एकीकृत समाजवादीले प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा)शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको जनाएको हो ।

माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।