logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवैध ढुंगा चोरी निकासी गर्ने ट्याक्टरलाई कारबाही


अंकुरण खबर
1.17K
Shares

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाबाट अवैध रूपमा ढुंगा चोरी निकासी गरिरहेको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा नम्बर ८ रान्सिङ खोलाबाट अवैध ढुंगासहित प्रहरीले लु ४ त १३६१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई वडा कार्यालयमा पठाएकोमा वडा कार्यालयले २० हजार जरिवाना गरेको हो ।

अवैध रूपमा ढुंगा लोड गर्दै गरेको ट्याक्टरलाई सातमारा प्रहरीले गएराति १२ बजे खोलाबाटै नियन्त्रणमा लिएको हो ।