logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा ९०० ले घट्यो सुनको मूल्य


अंकुरण खबर
520
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य ९०० ले घटेको छ ।

मगंलबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ  कायम भएको थियो ।

मगंलबार तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६१५ रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो ।