logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको माैसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


अंकुरण खबर
468
Shares

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

दिउँसो देशशभर बदली  रहने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएको छ ।

यस्तै, बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने महाशाखाको आँकलन छ । प्रदेश १ र २ का एक-दुई स्थानमा वर्षा पनि हुनेछ ।