logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विद्यालय समयमा शिक्षकहरु अतिरिक्त क्रियाकलापमा नलाग्नूस् : शिक्षामन्त्री


अंकुरण खबर
832
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन् ।

बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरुको काम पढाउने भएकाले विद्यालयसमयमा अन्य क्रियाकलापमा नलाग्न आग्रह गरेका हुन् ।

‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,’ उनले ‘ भने,’ ‘अभिवाकको सहयोग, शिक्षकको लगनशीलता र विद्याथीहरुको सक्रियता भयो भने सार्वजनिक शिक्षा सुधार हुन्छ ।’

उनले शिक्षामन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकहरुको अभावको कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११ औं सशोधन मन्त्रिपरिषद्बाट गराएर विज्ञापन खुलाउन सफल भएको बताए ।

विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै शिक्षकहरुलाई अहिलेको प्रविधिसँग अपडेट हुन आग्रह गरे ।

राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य मन्त्रालयको भएको बताउँदै प्राविधिक शिक्षामा मन्त्रालयको जोड रहेको पनि उल्लेख गरे ।

५ वर्षदेखि रोकिराखेको आन्तरिक शिक्षक बढुवाको कामको थलानी भएको बताउँदै ३ हजार ३ सयभन्दा बढि शिक्षकहरुको बढुवा हुने बताए ।