logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस जिल्ला अधिवेशन फेरि सर्‍याे


अंकुरण खबर
1.092K
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशनको मिति सरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बुधबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई कारण देखाउँदै २७ पुसमा तय भएको अधिवेशनको मिति सारेको हो । नयाँ निर्णयअनुसार अब १५ माघका लागि अधिवेशनको मिति तोकिएको छ ।

यसअघि २७ पुसमा बाँकी रहेका १६ जिल्लाको अधिवेशन तोकिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेस जिल्ला अधिवेशन गर्न बाँकी छ ।

केहीमा क्रियाशील विवाद र केहीमा जिल्ला नेताहरूबीच इगोकै कारण १४औं महाधिवेशनअघि ती जिल्लामा अधिवेशन हुन सकेको थिएन ।

राष्ट्रिय सभा निर्वाचनअघि जिल्ला अधिवेशन गर्न आन्तरिक तुष बाँकी रहने र त्यसले असर गर्ने अनुमान गर्दै कांग्रेसकै निर्देशनमा निर्वाचन समितिले जिल्ला अधिवेशनको मिति सारेको स्रोतले बतायो ।

Avatar