logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि…


अंकुरण खबर
533
Shares

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नैकापले चितवनका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई नियन्त्रणमा लिएको हो ।

प्रदेश ०३-०२-००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार गोपालीले दुबै मदिरा सेवन गरेको र नैकापको प्रहरी टोलीले चेकिङ गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए ।

घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।