logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोटाङका २० हजार बालबालिकालाई मोडर्ना खोप दिइँदै


अंकुरण खबर
1.664K
Shares

खोटाङका पाँच स्थानीय तहका बालबालिकालाई कोभिड–१९ विरुद्ध मोडर्ना खोप दिइएको छ ।

बराहपोखरी गाउँपालिकामा १७–१९ पसु सम्म, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १८–२० पुससम्म, खोटेहाङ गाउँपालिकामा १८–२० पुस सम्म, हलेसी तुवाचुङ नगरपालिकामा १८–२० पुससम्म र रावाबेँसी गाउँपालिकामा १८–२० पुस सम्ममा १२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई मोडर्ना खोप दिइएको हो ।

१० स्थानीय तह रहेको जिल्लामा २० हजार बालबालिकालाई मोडर्ना खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

साकेला गाउँपालिकामा १९–२१ पुस सम्म, ऐंसेलुखर्क गाउँपालिकामा १९–२१ पुस सम्म, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१–२३ पुससम्म, केपिलासगढी गाउँपालिकामा २०–२३ पुस सम्म र जन्तेढुंगा गाउँपालिकामा २०–२३ पुस सम्म मोडर्ना खोप अभियान सञ्चालन हुनेछ । खोप लगाउनेमा अधिकांश छात्र/ छात्रा छन् ।