पछिल्लो २४ घण्टामा आज देश भरमा ४ सय ३५ जना कोभिड संक्रमित भेटिएका छन् ।
१० हजार २ सय ६७ जनाको नमुना परीक्षण गर्दा ४ सय ३५ जनमा कोरोना संक्रमण देखिएको हो भने आज नै २ सय ६९ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ भने आज कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।