logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु


अंकुरण खबर
637
Shares

अग्नि साइर कृष्णा सवरण गाउँपालिका-६ का एक युवकको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी रहेका छन् ।

एक महिनाअघि दुबईमा मृत्यु भएका चौधरीको शव सोमबार घर ल्याइएको छ । आगामी फागुनमा उनका छोराको विवाह तय भएको थियो । छोराको विवाहमा चौधरी घर आउने तयारीमा थिए ।

तर, उनको मंसिरमा दुबईमै ज्यान गएको छ । उनका दुई छोरा र पत्नी छन् ।