logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली भेट्न बालकोट पुगे कांग्रेस नेता पौडेल


अंकुरण खबर
1.339K
Shares

सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलका लागि बालकोट पुगेका छन् ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका पौडेल प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि बुधबार साँझ बालकोट पुगेका हुन् । पौडेल साँझ ६ बजे बालकोट पुगेको र करिब १ घण्टा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

पौडेलले प्रतिनिधि सभा र न्यायालयमा देखिएको समस्याका विषयमा छलफल गरेका जनाइएको छ ।