logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँचथरमा आगलागी हुँदा तीन घर जले


अंकुरण खबर
936
Shares

पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा अहिले बुधबार साँझ आगलागी हुँदा तीन घर जलेका छन् ।

बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगो फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका पनि घर जलेका हुन् ।

आगलागीमा तीन वटा घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसलमा क्षति भएको स्थानीय खगेन्द्र राईले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई वटा दमकल परिचालन गरिएको थियो । विद्युत सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ ।