logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको जिल्ला अधिवेशन प्रतिनिधि बनेसँगै पत्रकार महासंघको सदस्यता त्यागे विसीले


अंकुरण खबर
468
Shares

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सचिव सहयोगी विसी राजनीतिमा लागेपछि महासंघको सदस्यता त्याग गरेका छन् ।

एमाले अर्घाखाँची जिल्ला अधिवेशनका लागि प्रतिनिधिमा चयन भएपछि उनले २५ वर्षको पत्रकारिताको यात्राबाट विश्राम लिएका हुन् । उनले महासंघको सदस्यतासेमत त्यागेको घोषणा गरेका छन् ।

विसीले नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा सदस्यता खारेजीको लागि अनुरोध गरेका छन् ।  ‘नेपाल पत्रकार महासंघको विधान अनुसार कुनै पनि पार्टीको जिम्मेवारीमा बसेको व्यक्ति पत्रकार महासंघमा बस्न नमिल्ने  व्यवस्था भएकोले  आजैको मितिदेखि लागु हुने गरी नेपाल पत्रकार महासंघको  साधारण सदस्य खारेजिको निम्ति महासंघको अध्यक्ष लाई निवेदन पेश गरेको छु,’  विसीले भनेका छन् ।

२०५४ मा अर्घाखाँचीमा नेपाल पत्रकार महासंघको स्थापना गर्दा सचिवको भूमिकामा रहेका विसी लामो समय पत्रकारीतामा रहेपनि त्यसयता पत्रकार महासंघको कुनै भूमिका रहेनन् ।