logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिल्ला कमिटीका लागि एमालेले तोक्यो तीन बुँदे मापदण्ड


अंकुरण खबर
1.04K
Shares

नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ ।

अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ ।

 यी हुन् मापदण्ड

१-पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भइ काम गरिसकेको हुनुपर्नेछ ।

२- सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तिमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ ।

३-एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुनेछ ।