logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार


अंकुरण खबर
533
Shares

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ  कायम भएकोमा बिहीबार ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो । बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।